बायर्न म्युनिखले मेस्सीलाई साइन गर्न प्रयास नगर्ने भनेर बायर्नका कार्यकारी कार्ल-हेन्ज रुम्मेनिग्गेले बताए।
मेस्सीले सिजनको अन्त्य बार्सिलोना छोड्ने चर्चा छ भने पिएसजी र सिटी जस्तो क्लबहरुउनलाई साइन गर्न इच्छुक रहेको बेला बायर्न म्युनिखले उनलाई साइन गर्न प्रयास नगर्ने बायर्नका कार्यकारी कार्ल-हेन्जले बताए।
Lionel Messi will not be a Bayern Münich target in the summer. Rummenigge to Corriere: “I laughed when I saw Messi’s contract with Barcelona… I can only say congrats to him for obtaining an astronomical contract. But this salary situation needs to be changed”. 🔴 #Bayern
— Fabrizio Romano (@FabrizioRomano) February 16, 2021
उनले बार्सिलोना र मेस्सी बिचको सम्झौता हास्यास्पद रहेको बताए भने उनको तलब अवस्थामा परिवर्तन हुनु पर्ने बताए। बार्साले मेस्सीलाई क्लबमा राख्न निकै ठुलो रकम खर्च गर्दै आएको कुरा केही समय अगाडी खुलेको थियो र सो कुरा लक्षित गर्दै उनले बोले।
“बार्सिलोनासँग मेस्सीको सम्झौता देख्दा म हाँसे। म केवल उनलाई यस्तो ठुलो सम्झौता प्राप्त गर्न सकेकोमा बधाई दिन सक्छु।
“तर यो तलब अवस्था परिवर्तन गर्नु आवश्यक छ।”