बार्सिलोना र नापोली भोलि बिहान भिड्दै, खेल कति बजे? पुरा जानकारी

बार्सिलोना र नापोलीबीच दुई रोमाञ्चक खेल हुँदैछ, जसमा पहिलो खेल अमेरिकामा नेपाली समयअनुसार बिहीबार बिहान ५ः१५ बजे खेल्ने छ ।

खेल अमेरिकाको मियामी सहरमा रहेको हार्ड रक स्टेडियममा हुने छ । तर, खेलमा बार्सिलोनाका स्टार लिओनल मेस्सी भने चोटका कारण टोलीमा छैनन् ।

नापोलीका प्रशिक्षक कार्लो एन्सेलोट्टीले खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै यो खेल मैत्रीपूर्ण भए पनि आफूहरूले उच्च तयारीसाथ खेल्ने बताएका छन् । त्यत्ति मात्रै हैन, उनले दुवै खेलमा आफूहरूले बार्सिलोनालाई हराउन सक्ने दाबीसमेत गरेका छन् ।

यता, बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले भने कप्तान मेस्सीबिनै यो खेलको तयारी गरेका छन् । मेस्सी नभए पनि उनको टोलीमा लुइस स्वारेज, एन्टोनी ग्रीजम्यान लगायत स्टार खेलाडीहरू हुनेछन् ।