बार्सिलोना र चेल्सीका कप्तान बिच २ वर्षिय सहमति

इङलिस क्लब चेल्सीका कप्तान तथा डिफेन्डर सेजार आज्पिलिकुवेटा स्पेनिस क्लब बार्सिलोना जाने सम्भावना उच्च देखिन्छ ।

ताजा रिपोर्ट्सहरुका अनुसार बार्सिलोना र खेलाडी बिच दुई वर्षको सम्झौता भएको जनाएका छन् ।

एएसका अनुसार बार्सिलोनाले दुई वर्षको सम्झौता गर्दै ३२ वर्षिय खेलाडीले वार्षिक £११ मिलियम पाउने छन ।

स्पेनिस डिफेन्डर सेजार आज्पिलिकुवेटाले चेल्सीका मित्र रुडिगर र क्रीस्टियनसेन जस्तै क्लब छोड्ने लगभग पक्का भएको छ ।