बार्सिलोना र ग्रीजम्यान बिच सम्झौता, तर दुई क्लब बिच किन येस्तो विवाद?

एन्टोनी ग्रीजम्यानको विषयमा उनको क्लब एथलेटिको म्याड्रिड र बार्सिलोनावीच विवाद बढेको छ ।

यसअघि नै क्लब छोड्ने घोषणा गरेका ग्रीजम्यानको विषयमा एथलेटिकोले सिजनको बीचमा नै बार्सिलोनाले उनीसँग ट्रान्सफरको कुरा गरेर नियम तोडेको आरोप लगाएको छ ।

एथलेटिकोले गत मार्चमा च्याम्पियन्स लिगको युभेन्टसविरुद्धको खेल हुनु अघि ग्रीजम्यानले आफु यस सिजनपछि एथलेटिको नबस्ने जानकारी गराएको बताउदै बार्सिलोनाले ग्रीजम्यानसँग गत मध्य फेर्ब्रुअरी देखिनै नेगोसियसन गरेको दाबी गरेको छ ।

एथलेटिकोले बार्सिलोनाका अध्यक्षले ग्रीजम्यानका विषयमा कुरा गर्न बार्सिलोनाका सीइओले एथलेटिकोका व्यवस्थापकसँग भेटेको बताएको केहि समयमा नै एक विज्ञप्ति निकाल्दै भेट भएको र बार्सिलोनाले ग्रीजम्यानको रिलिज क्लब २ सय युरो बाट घटाएर १२० मिलियन युरो बनाउन अनुरोध गरेको उल्लेख गरेको छ ।

साथै एथलेटिकोले बार्सिलोना र ग्रीजम्यान दुवैले एथलेटिको र उसका फ्यानहरुको अपमान गरेको भन्दै आफुहरुले बार्सिलोनाको प्रस्तावलाई अस्विकार गरेको उल्लेख गरेको छ ।
यस परिस्थितिमा एथलेटिकोले ग्रीजम्यान, उनकी बहिनि, उनका एजेन्ट र वकिललाई आइतबार क्लबको प्रिसिजन सुरुहुने दिन उपस्थित हुन निर्देशन दिएको छ ।

एथलेटिकोले सिजनको मध्यमा आफुहरु बार्सिलोनाकै विरुद्धमा ला लिगामा लडिरहेका बेला आफ्ना खेलाडीले सोहि क्लबसँग नेगोसियसन गरिरहेको पाइएको भन्दै बार्सिलोना र ग्रीजम्यान दुवैले क्लबको अपमान गरेकोले आफुहरुले बार्सिलोनाको प्रस्ताव अस्विकार गरेको जनाएको छ ।

दुई कल्बबीचको यस्तो लडाईले ग्रीजम्यानको भविष्य भने अन्योलमा परेको छ । आफु अब एथलेटिकोमा नखेल्ने घोषणा गरिसकेका ग्रीजम्यानको बार्सिलोना जाने प्रक्रिया केहि दिन अझै अवरुद्ध हुने पछिल्लो घटना क्रमले देखाएको छ ।