बार्सिलोना र आर्सेनल उरुग्वेका युवा स्टार साइन गर्ने दाउमा

स्पेनिश आउटलेट एएसका अनुसार बार्सिलोना र आर्सेनल दुई शीर्ष यूरोपीयन क्लब उरुग्वेका युवा फेसुन्डो पेलिस्ट्री साइन गर्न चाहन्छन्।

१७ वर्षीया युवाले पेनेरोल को लागी उत्कृष्ट खेल खेल्दै छन्, उनले उरुग्वेको पहिलो डिभिजनमा १७ खेल खेलेका छन्।

उनको प्रभावशाली प्रदर्शनले पेनरोल लिगमा दोस्रो स्थानमा पुग्न सफल भएको छ, खबर छ कि एटलेटिको म्याड्रिड पहिले नै उनलाई साइन गर्न सम्भावित चालमा पेलिस्ट्रीका बुबा संग सम्पर्कमा छन्।

खबर छ बार्सिलोना पनि उनको बुबा र प्रतिनिधि संग सम्पर्क गर्न जुटेका छन्।

पेलिस्ट्री दायाँ-विंगर हुन् र उनको प्रतिभाले पक्कै पनि टिमलाइ मदत गर्ने छ। आर्सनल पनि उनलाई साइन गर्ने चासो देखाउंदै गरेको खबर छ तर उनको मूल्य भने अहिले सम खुलेको छैन।