बार्सिलोना र आफ्नो प्रोजेक्टको ‘विनाशको’ दोष नेमारलाई

बार्सिलोनाका पुर्व अध्यक्ष जोसेप मारियो बार्टमेउले हाल क्लबको अवस्था र आफ्नो प्रोजेक्टको ‘विनाशको” दोष पुर्व बार्सा स्टार नेमारलाई लगाएका छन्।

क्लबमा हाल भएको अराजकताको मुख्य कारण बार्टमेउ रहेको भनेर धेरैले विश्वास गरे पछि उनले राजीनामा दिएका थिए र हाल उनले बार्सामा आफ्नो योजना असफल किन भएको बारे बोलेका छन्।

बार्टमेउको विश्वास छ कि आफ्नो परियोजना पतन हुनुमा नेमारको कार्यको दोष छ।

नेमारले क्लब छोड्ने निर्णय लिए पछि उनको प्रतिस्थापनको लागि क्लबले खेलाडीहरुमा खर्च गरे -काउटिन्हो,डेम्बेले र ग्रिजम्यान जस्तो खेलाडी साइन गरे पनि कुनै खेलाडीले उनले छोडेको खाली ठाउँ भर्न सकेनन् र बार्टमेउले सो कुराको कारण क्लबको हालको अवस्था यस्तो भएको र आफ्नो प्रोजेक्टको ‘विनाश” भएको बताएका छन्।

बार्टमेउको विश्वास छ कि मेस्सी, नेमार र सुआरेजको साझेदारी अझै भएको भए क्लबको अवस्था भिन्न हुने थियो।