स्पेनिस क्लब बार्सिलोनाले मंगलबार राती भएको च्याम्पियन्स लिगको समुह चरणको खेलमा बेन्फिकाबिरुद्ध गोलरहित बराबरी खेलेको हो ।
यससंगै बार्सिलोनाले अब समुह चरणको अन्तिम खेलमा बार्यन म्युनिकबिरुद्ध खेल्ने छ, जो शीर्ष समुहको शीर्ष स्थानमा रहदै अर्को चरणमा प्रवेश गरि सकेको छ ।
उक्त खेलमा बार्सिलोनाले जित निकल्नु नै पर्ने अथवा बेन्फिकाले डिनोमो कियभबिरुद्ध हार्नु पर्ने छ । यस्तो नतिजा आए बार्सिलोना अर्को चरण छनोट हुनेछ ।
तर, यदि बार्सिलोनाले उक्त खेल हारेर बेन्फिकाले जित्यो भने बार्सिलोना तेस्रो स्थानमा रहदै युरोपा लिगमा झर्ने छ ।
हाल समुहको शीर्ष स्थानमा बार्यनको १५ पोइन्ट रहेको छ, दोस्रो स्थानमा बार्सिलोनाको ७ पोइन्ट रहेको छ भने तेस्रो स्थानमा बेन्फिकाको ५ पोइन्ट रहेको छ र अन्तिम स्थानमा डिनोमो कियभको १ पोइन्ट रहेको छ ।