बार्सिलोनाले पोग्बालाई भित्र्याउन सके निकै खुसी हुनेछौं – पिके

यस सिजन प्रिमियर लीगमा पोग्बाले दुई खेलमा दुई गोल पेनाल्टी मार्फत गरेका छन् , एन्टोनियो भ्यालेन्सियाको अनुपस्थितिमा कप्तानको आर्मब्यान्ड सम्हाल्दै आएका छन् ।

तर ओल्ड ट्राफर्ड बाट टाडिने कुरा भने यस सिजन निकै आएका छन।

यद्यपि बार्साको हेड कोच अर्नेस्टो वाल्भरडेले २५ वर्षीया खेलाडीको हस्ताक्षर गर्ने सम्भावनाबारे छलफल गर्न मनाही गरे पनि, पूर्व युनाइटेड डिफेंडर पिकेले ढोका खोलेको छ।

“पोग्बा एक राम्रो खेलाडी हो, तर अहिले म्यानचेस्टर युनाइटेडको खेलाडी हो, र यदि केहि हुन्छ भने भविष्यमा हामी देख्नेछौं।

“हामी पोग्बालाई भित्र्याउन सके निकै खुसी हुनेछौं, तर म्यानचेस्टर युनाइटेड उसको क्लब हो र हामी केहि गर्न सक्दैनौं ।”