बार्सिलोना नयाँ स्ट्राइकर साइन गर्न नजिक

बार्सिलोना लियोनका स्टार स्ट्राइकर मेम्फिस डिपे साइन गर्न नजिक पुगेको खबर छ। गत गर्मीको ट्रान्सफर विन्डोमा डिपे रोनाल्ड कोम्यानको मुख्य प्राथमिकता रहेको चर्चा थियो भने खेलाडी आफैँ पनि बार्सा आउन इच्छुक थिए।

हाल खबर अनुसार बार्सिलोना उक्त स्टार स्ट्राइकर साइन गर्न नजिक पुगेको छ। बार्सा र उनका एजेन्टहरू बिचको वार्ता हालको हप्ताहरूमा तीव्र भएको जानकारी छ र दुई बिच सम्झौता हुन नजिक रहेको पनि खबर छ। आउँदो दिनमा बार्सा र डिपे बिच सम्झौता हुने खबर छ तर ला लिगा र लिग १ अन्त्य भए पछि उक्त ट्रान्सफर पुरा हुने अनुमान छ।

लियोनका स्ट्राइकर बार्सामा आउन तलब कटौती स्वीकार गर्न इच्छुक रहेको खबर छ र उनी क्लब धेरै कमाउनेहरू मध्ये एक हुने छैनन्। यद्यपि उनको तलब पछि क्रमशः बढ्नेछ।

लियोन सँग उनको सम्झौता अन्त्य हुने क्रममा छ र बार्साले उनलाई फ्री एजेन्टको रुपमा साइन गर्न सक्ने छ। यो सिजन उनको लियोन सँग राम्रो रहेको छ। ३९ खेलमा उनको २२ गोल र १० असिस्ट रहेको छ।