बार्सिलोना नयाँ स्ट्राइकरको खोजीमा- यी ३ मध्ये एक साइन गर्ने योजना

हाल बार्सिलोना नयाँ स्ट्राइकरको खोजीमा रहेको खबर छ। लुइस स्वारेजको प्रस्थान पछि उनको ठाउँ भर्ने खेलाडी बार्साले साइन गर्न सकेको छैन।

बार्साले मार्टिन ब्रेथवेट साइन गरे पनि उनले स्वारेजको ठाउँ लिन नसक्ने देखा परेको छ र बार्साले आउँदो ट्रान्सफर विन्डोहरुमा नयाँ स्ट्राइकर साइन गर्ने योजना बनाएको जानकारी छ। हाल खबर अनुसार बार्साको नयाँ स्ट्राइकर खोजीमा ३ खेलाडीलाई बार्साले आफ्नो सुचीमा राखेको छ।

सर्जियो अग्वेरो, अर्लिङ हलान्ड र लोउटारो मार्टिनेज मध्ये एक साइन गर्ने योजना बनाएको छ। अर्लिङ हलान्ड र लोउटारो मार्टिनेजको मूल्य निकै धेरै हुने छ भने म्यान सिटीका स्टार सर्जियो अग्वेरो फ्री एजेन्ट हुने क्रममा छन्।

उच्च मूल्यको बाबजुद, जोन लापर्टाको मुख्य प्राथमिकता बोरुसिया डर्टमन्डका अर्लिङ हलान्ड हुने जानकारी छ भने लोउटारो मार्टिनेज र अग्वेरोलाई बार्साले विकल्पको रूपमा लिने खबर छ।

बोरुसिया डर्टमन्डले अर्लिङ हलान्डको मूल्य €१८० मिलियन सेट गरेको छ र खबर अनुसार बार्साले आफ्नो खेलाडीहरू बेचेर भए पनि उनलाई साइन गर्न प्रयास गर्ने छ।