बार्सिलोना नयाँ स्ट्राइकरको खोजीमा- यी ५ स्टार मध्ये एक साइन गर्न सक्ने

BARCELONA, SPAIN - NOVEMBER 04: Lionel Messi of FC Barcelona celebrates after scoring his team's first goal with his teammate Antoine Griezmann during the UEFA Champions League Group G stage match between FC Barcelona and Dynamo Kyiv at Camp Nou on November 04, 2020 in Barcelona, Spain. (Photo by Pedro Salado/Quality Sport Images/Getty Images)

बार्सिलोना हाल नयाँ स्ट्राइकरको खोजीमा रहेको खबर छ। डेल मिररका अनुसार बार्साले आउँदो ट्रान्सफर विन्डोमा नयाँ स्ट्राइकर साइन गर्नेमा प्राथमिकता दिने।


बार्साले ५ खेलाडीको सुची तयार गरेको कुरा छ र उक्त ५ मध्ये एक खेलाडी साइन गर्ने बार्साको योजना हुने खुलेको छ।

लुइस सुआरेजको प्रस्थान पछि बार्साले स्ट्राइकरको ठाउँ अझै राम्रो संग भर्न सकेको छैन र खबर अनुसार बार्साको योजना नयाँ स्ट्राइकर साइन गर्ने रहेको छ। खबर अनुसार हालान्ड, रोमलु लुकाकू, लोउटारो मार्टिनेज, मेम्फिस डिपे र सर्जियो अग्वेरो बार्साको नजरमा रहेको छ।

सो सुचीमा रहेका मध्ये मेम्फिस डिपे वा सर्जियो अग्वेरो साइन गर्न बार्सा सफल सफल हुन सक्ने धेरै सम्भावना रहेको रहेको छ। दुवै खेलाडीको क्लब सँग सम्झौता अन्त्य हुने क्रममा रहेको छ