“बार्सिलोना जाभीसँग विकसित हुने छ”

पुर्व बार्सिलोना सुपरस्टार मेस्सीले क्लबका नयाँ कोच जाभीको प्रसंसा गरेका छन् भने जाभीले बार्सालाई सहि दिशामा लाग्ने मेस्सीको विश्वास रहेको छ। रोनाल्ड कोम्यानको बर्खास्त पछि नयाँ कोचको रुपमा बार्साले फेरी आफ्नो लेजेन्द खेलाडी भित्राएको छ र यो पटक बार्साको नेतृत्व जाभी सँग हुने छ।

जाभीको नेतृत्वमा बार्सामा कस्तो प्रगति हुने छ भनेर फ्यानहरू प्रतीक्षामा रहेको बेला जाभीका पुर्व टिम मेट मेस्सीले जाभी प्रति आफ्नो विश्वास देखाएका छन्।

“जाभी एक प्रशिक्षक हुन् जसलाई बार्साको ’bout कुरा थाहा छ, जसलाई सानैदेखि क्लबको सबै कुरा राम्ररी थाहा छ।”- मेस्सीले जाभीको प्रसंसा गर्दै भने।

“उनी युवाहरूका लागि धेरै महत्त्वपूर्ण व्यक्ति हुन् र उनी बार्सिलोनालाई धेरै अगाडि बढाउने व्यक्ति हुन्, मलाई उनि माथि कुनै शंका छैन।”

“बार्सिलोना जाभीसँग विकसित हुने छ”