बार्सिलोना जान ग्रिजम्यानले €१२० मिलियन आफै तिर्ने

एटलेटिको म्याड्रिड संग सम्झौता पुरा गर्न बार्सिलोनाको लागि अझै समय दिन, ग्रिजम्यानले कानूनी रणनीति लगाएका छन्। कुनै पनि क्लब बाट खेलाडी बाहिरिन क्लबले खेलाडी माथि तोकिएको मूल्य तिर्न पर्ने हुन्छ जसलाई ‘रिलीज क्लोज’ भनिन्छ र उक्त मूल्य तिरे पछि उक्त खेलाडीलाई क्लब छोड्नबाट कसैले रोक्न सक्दैन। तेही रणनीतिको प्रयोग गर्दै उनले आफ्नो मूल्य आफै तिर्ने खबर आएको छ।

एटलेटिको म्याड्रिड र बार्सिलोना सम्झौतामा आउन लामो समय लाग्दै गर्दा ग्रिजम्यानले एटलेटिको म्याड्रिड संग प्रि-सिजन प्रशिक्षण र भ्रमणमा जान बाध्य हुने छन्, जुन उनि चाहँदैनन् र उनि क्लबबाट बाहिरिन आफ्नो मूल्य आफै तिर्न तयार रहेको खबर आएको छ। उनको वकिलले एटलेटिको म्याड्रिडलाई €१२० मिलियनको चेक दिने खबर आएको छ।