बार्सिलोना छोड्न चाहँदैनन् फिलिप काउटिन्हो

फिलिप काउटिन्हो बार्सिलोना छोडेर लोनमा आर्सनलमा जान नचाहेको खुलेको छ। बार्सिलोना फिलिप काउटिन्होलाई बेच्न चाहन्छ तर उनको लागि राम्रो प्रस्तावको कमिले काउटिन्हो बार्सिलोनामा नै छन्। बार्सिलोनाले नेमार साइन गर्न पनि उनलाई क्लबबाट बहिरना गर्न चाहन्छ, उनलाई बेचेर नेमार साइन गर्न बार्सिलोना घाटा पनि बेहोर्न तयार रहेको खबर छ।

Mundo Deportivoको अनुसार बार्सिलोना फिलिप काउटिन्होलाई लोनमा भए पनि पठाउन चाहन्छ तर काउटिन्हो लोनमा जान चाहँदैनन् र उनि सके सम्म बार्सिलोना मै खेल्न चाहन्छन्।

बार्सिलोना भने फिलिप काउटिन्होलाई क्लब बाट ‘ओफ लोड’ गर्न आतुर रहेको छ र उनलाई लोनमा साइन गर्न नाम नखोलेको प्रिमियर लिग टिमले चासो देखाएको खबर थियो र उक्त क्लब आर्सनल हुन सक्ने खबर आउंदा केहि कुरा सार्वजनिक भएको छैन।