बार्सिलोना छोड्दै माल्कोम रसियन क्लब जाने

बार्सिलोनाका अट्याकर माल्कोम रसियन क्लब जेनिथ पिटर्सबर्ग जाने लगभग पक्का भएको छ ।

जापान टुरबाट फर्के देखि बार्सिलोनाले माल्कोमलाई रसियन क्लब जेनिथमा बेच्ने काम सुरु गरेको हो ।

दुबै पक्ष ४० मिलियन युरो र अर्को अतिरिक्त ५ मिलियन युरोमा सहमत भएको छ, अब खाली औपचारिक घोषणा बाकी रहेको छ ।

बार्सिलोनामा ४१ मिनियन युरोमा एक बर्ष अगाडि आएका माल्कोमलाई बार्सामा सफल खेलाडी मानीने छैन ।

बार्साको अट्याकिङ लाइनमा निकै कडा प्रतिस्पर्धा र प्रशिक्षक भाल्भर्डेको उनी माथी विश्वास नरहेको कारण उनलेे बार्सिलोना छोड्ने भएका हुन ।