“बार्सिलोना छोडेकोमा पछुतो छैन”

गत वर्ष बार्सिलोना छोडेका युवा खेलाडी जावी आफ्नो निर्णय बाट खुसी रहेका छन् ।

बार्सा छोडेर उनी गत सिजन पिएसजी गएका थि। उनलाई पिएसजीले ठुलो प्रस्ताव गरेका थिए र उनको सम्झौतामा ९ वर्षको रहेको ।

हाल १७ वर्षका, डच युवा स्टार पिएसजीको साथ आफ्नो भविष्यप्रति विश्वस्त छन्।

उनले भने, “पिएसजी धेरै ठूलो क्लब हो, धेरै सुन्दर शहर पनि हो।

“क्लबले मलाई साइन गर्न जोखिम लिएको थियो र मैले पनि यसमा जोखिम लिने निर्णय गरें। म पनि नयाँ साहस चाहान्छु, मलाई लाग्छ यो एक राम्रो परिवर्तन हो र सबै ठीकठाक हुँदैछ।”