“बार्सिलोना छोडेका सबै खेलाडीहरुले पछुतो महसुस गरेका छन्”

बार्सिलोना छोडे पछि आफुलाई पछुतो महसुस भएको भनेर पूर्व बार्सा स्टार डेनियल एल्वेसले स्वीकार गरे। एक अन्तर्वार्तामा बार्सिलोना सँग आफ्नो क्यारियर र हाल क्लबमा सुपरस्टार मेस्सीको अवस्था बारे उनले बोले।

उनले भने: “मसँग अहिलेसम्म मेस्सीको कुनै जवाफ आएको छैन तर जब तपाईँ बार्सिलोना छोडेर जानुहुन्छ तपाईँले महसुस गर्नुहुन्छ कि बार्सा कति राम्रो थियो।

“सबै खेलाडीहरू, मेरो मतलब सबै जना, जसले बार्सिलोना छोडेका छन् सबैले पछुतो महसुस गरेका छन्।

“जब मैले क्लब छोडे, म आफ्नो मूल्य देखाउन चाहन्थेँ। तर दुर्भाग्यवश ती व्यक्तिहरू जो म क्लबमा हुँदा मेरो विरोधमा थिए उनीहरू क्लबमा रहे।

“मैले बर्सिलोनाका लागि अर्को १० वर्ष खेल्न सक्छु भनेर देखाएँ। मैले फर्कने प्रयास गरेँ। म बार्सिलोना फेरी खेल्न तयार थिए, तर उनीहरू मलाई चाहँदैनथे।”