बार्सिलोना च्याम्पियन बन्न योग्य छैन

केवल १० खेल पछि बार्सिलोनाले ला लिगा स्यानट्यान्डर उपाधि आशा समाप्त जस्तो देखिन्छ, केवल ४ जीत र १६ अंक गुमाउदै रोनाल्ड कोम्यानका टोलि १२ अंक शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिड भन्दा पछाडि छन्।

पाँच टोलीले एटलेटिको र बार्सिलोनालाइ छुटाएको छ लिग तालिकामा। यो पक्कै पनि एउटा अनौंठो सिजन हुने छ, जहाँ यस सिजन कुनै पनि टोलिले एक्लौटी राज गर्ने छैनन। यद्यपि बार्सिलोनाले खेल दौरान गरेको गल्तीका कारण टोलिमा बिश्वासको कमि भने देखिन्छ।

बार्सिलोनाको ला लिगा सान्तेन्डर र च्याम्पियन्स लीगबीचको भिन्नता रात र दिन जस्तै छ, कुनै पनि क्षणिक समानता केवल संयोग मात्र हो।

रकक्ष्यापङ्टिबाट निरन्तर गल्तीहरू भैरहनु। क्याडिज बिरूद्ध बेहोरेको गोल यो दर्शाउदछ, न त एलाभमा, न एटलेटिको बिरुद्दको वान्डा पोलितानोमा। बार्सिलोना जस्ता टोलीका लागि यो सहजै स्वीकार्य हुँदैन, जसलाई तुरुन्त पुनःस्थापित गर्नुपर्ने देखिन्छ, उनीहरूलाई अपत्यारणीय संकटमा डुबाउन अघि।

कोम्यानले शनिबार क्याडिज विरूद्धको खेल पछि भनेका थिए आफ्नो गौरवका दिनहरूबाट एक कदम पछि परेको स्विकारे र कोम्यानले चुनौतीहरु राम्रसंग बुझेको छ।