बार्सिलोना ग्रिज्म्यान पठाइ डिबाला भित्र्याउने ’bout विचार गर्दै

एजेन्सी, स्पेनिश क्लब बार्सिलोना आफ्नो फर्वार्ड एन्टोन ग्रिज्म्यान इटालियन क्लब युभेन्टस पठाइ युभेन्टसका फर्वार्ड पाओलो डिबाला भित्र्याउने योजना ’bout बिचार गर्दै छन्। रिपोर्टका अनुसार बार्सिलोना र अट्लेटिको मड्रिड बिचको निगेज पठाइ ग्रिज्म्यान भित्र्याउने योजना टुटेकाले बार्सिलोना उक्त सम्भावना ’bout बिचार गरिरहेका छन्।

हाल बार्सिलोनाको आर्थिक अवस्था कम्जोर रहेकाले क्लबलाई नयाँ खेलाडी दर्ता गर्न केही खेलाडीहरु बेच्न तथा पारिश्रमिक घटाउन पर्ने दबाब रहेको भनिएको छ। यसै कारणले बार्सिलोना ग्रिज्म्यानका लागि क्लब खोजिरहेको देखिन्छ। ३० वर्षका फ्रेन्च खेलाडी ग्रिज्म्यान २०१९ मा करिब १२० मिलियन युरोमा अट्लेटिको मड्रिडबाट बार्सिलोनामा अनुबन्ध भएका थिए। बार्सिलोनाका लागि उनले आशा अनुरुप प्रदर्शन भने गर्न सकेका छैनन्।
२७ वर्षका अर्जेन्टिनियन खेलाडी डिबाला २०२२ सम्म मात्र युभेन्टसमा अनुबन्ध छन्। यसै कारणले बार्सिलोनाको नजर उनी माथी पर्न गएको देखिन्छ। रिपोर्टका युभेन्टस भने डिबालालाई बेच्न अनिच्छुक छन् र डिबाला थप केही सिजनका लागि युभेन्टसमा अनुबन्ध हुने सम्भावना प्रबल रहेकाले बार्सिलोना र युभेन्टस बिच ग्रिज्म्यान पठाइ डिबाला भित्र्याउने सम्झौता हुने सम्भावना न्यून देखिन्छ।