बार्सिलोना ग्रिज्मयानलाई बेच्ने ’bout विचार गर्दै

एजेन्सी, स्पेनिश क्लब बार्सिलोना आफ्नो फर्वार्ड एन्टोन ग्रिज्मयानलाई बेच्ने ’bout विचार गर्दै छन्। रिपोर्टका अनुसार इङलिस क्लब म्यान्चेस्टर सिटि उनलाई भित्र्याउन इच्छुक भनिएका छन्। ग्रिज्मयान २०२४ सम्म बार्सिलोनामा अनुबन्ध छन्।

रिपोर्टका अनुसार क्लबको आर्थिक अवस्था कम्जोर रहेकाले र मेस्सीलाई क्लबमै राखी ला लिगाको पारिश्रमिकको मापदण्ड पनि पूरा गर्नु पर्न हुनाले क्लबलाई केहि खेलाडीहरु बेच्नु पर्ने आवश्यकता परेको हो र यसै कारणले बार्सिलोना ग्रिज्मयानलाई बेच्ने ’bout विचार गर्दै छन्। ग्रिज्म्यानको मुल्य हाल ६० मिलियन युरो रहेको आंकलन गरिएको छ।
३० वर्षका फ्रेन्च खेलाडी ग्रिज्म्यान २०१९ मा करिब १२० मिलियन युरोमा अर्का स्पेनिश क्लब एट्लेटिको मड्रिडबाट बार्सिलोनामा अनुबन्ध भएका थिए। उनले बार्सिलोनाका लागि ९९ खेल खेल्नुका साथै ३५ गोल पनि गरेका छन्।