बार्सिलोनाले कोउतिन्हो र राकिटिच बेच्दै

क्याटालुन्या रिडियोका अनुसार बार्सिलोनाका बोर्डले कोउतिन्हो र राकिटिचलाई बेच्दै लुइस सुआरेजको बिकल्पमा खर्चिने बताएका छन।

बार्सिलोनाले नयाँ स्ट्राइकरको लागि रकम सङ्कलन गर्दै यस जनवरीमा भित्राउने निधो गरेको छ। सुआरेज अप्रिलसम्म मैदान बाहिर रहने भए पछि किके सेतीएनसँग अर्को फरवार्डको बिकल्प छैन। यदी, नयाँ फरवार्ड जनवरीमा नभित्रए सिजनको दोस्रो हाफ बिना फरवार्डको खेल्नु पर्ने हुन्छ बार्सिलोनाले।

क्याम्प नोउको टेक्निकल विभागले ल्याएको प्रस्तावहरूमध्ये एउटा फिलिप कौटिन्होलाई बेच्ने जो हाल बायर्न म्युनिखमा एक बर्षको लागि लोनमा पुगेका छन। बायर्न म्युनिखले कोउतिन्होलाई स्थाही रुपमा हस्ताक्षर नगरने प्रबल सम्भावना रहेको छ। उन्को मुल्य बार्सिलोनाले १२० मिलियन युरो तोकेको छ।