बार्सिलोनाले फिलिप काउटिन्होलाई बेच्ने युभेन्टसलाई प्रस्ताव गरेको खबर छ। मिरालेम प्यानिक र आर्थर साट्ने सम्झौता गरेको दुई क्लब फेरी सम्पर्कमा रहेको खबर छ र काउटिन्होको सम्भावित स्थानान्तरण छलफल भएको खबर छ।
📰[@sport🥇] | Barcelona wants to sell Coutinho in the January transfer market. pic.twitter.com/nQGcX63QyF
— BarçaTimes (@BarcaTimes) November 28, 2020
बार्साले ब्राजिलका स्टार प्लेमेकरलाई युभेमा प्रस्ताव गरेको कुरा छ। नयाँ खेलाडी साइन गर्न बार्सा खेलाडी बेच्न पर्ने अवस्था र आवश्यकतामा छ र क्लबले काउटिन्होलाई बेच्ने योजना बनाएको देखिन्छ।
बार्सा प्रशिक्षक रोनाल्ड कोम्यानले स्पष्ट पारेका थिए उनि काउटिन्होलाई क्लबमै चाहन्छन् तर क्लबको आर्थिक अवस्थाको कारण बार्सा बाध्य हुन सक्ने खबर रहेको छ भने सो बारे कोम्यानले पनि केहि बोलेका छैनन्।
NEWS: Barcelona have offered midfielder Philippe Coutinho to Juventus ⚫⚪
[Source: Calcio Mercato] pic.twitter.com/AYwwjQKknm— Flazzy Sky (Live News) (@FlazzySky) November 29, 2020
यद्यपि युभेन्टस काउटिन्होमा इच्छुक नहुने खबर छ। उनको मूल्य र तलब खर्चको कारण युभे उनिमा इच्छुक नहुने खबर पनि रहेको छ।