बार्सिलोना आर्थिक संकटको खतराको सामना गर्दै

बार्सिलोनाको लागि यो वर्ष केहि खराब रहेको जस्तो देखिन्छ, क्लबमा अध्यक्ष, कोच र मेस्सी संग सम्बन्धित समस्याको कारण क्लबमा धेरै अराजकता भएको थियो भने हाल फेरी क्लबमा आर्थिक संकटको खतरा देखा परेको स्पेनिश अखबार मार्काले जनाएको छ।

खबर अनुसार बार्साले खेलाडी तलबको खर्च ३०%ले घटाउनु पर्ने छ, नोभेम्बरमा बार्साले खेलाडी तलब खर्चमा €१९० मिलियन सम्म घटाउनु पर्ने छ। बार्साले आफ्नो खेलाडीहरुलाई तलब कटौती स्वीकार गर्न अनुरोध गर्दै आएको छ।

बार्सा आफ्नो तलब खर्च घटाउन असक्षम रहे सबैभन्दा खराब अवस्थामा ला लिगाले बार्सा बिरूद्ध अर्को वर्षको जनवरीमा दिवालियापनको कार्यवाही गर्न सक्ने छ।

क्लबमा जोसेप मारियो बार्टमेउको अध्यक्षतामा र खराब तरिकाले व्यवस्थित गरिएको कारण क्लबमा यो अवस्था आएको विश्वास रहेको छ भने कोरोनाको प्रभावले पनि क्लबलाई धेरै असर गरेको छ।