बार्सिलोना आफ्नो ७ खेलाडीहरू बेच्ने दाउमा

बार्सिलोनाले आफ्नो सिनियर टिमको ७ खेलाडीहरूलाई बेच्ने-सूचीमा राख्ने खबर छ भने – थप दुई खेलाडीको बिक्रीको छलफल हुँदै गरेको जानकारी छ।

खबर अनुसार बार्साले आउँदो ट्रान्सफर विन्डोमा बेच्नको लागि खेलाडीको सुची बनाएको छ र उक्त सुचीमा नेटो, शमूएल उम्तिति ,जुनियर फिर्पो, मिरालेम प्यानिच, म्याथियस परेरा, फिलिप कोउटिन्हो र मार्टिन ब्रेथवेइटले रहेको खबर छ।

बार्साले थप दुई खेलाडी पनि बेच्न ’bout वार्ता गर्दै गरेको खबर छ र सो दुई खेलाडी रिक्की पुज र एन्टोनी ग्रिजम्यान हुने कुरा छ।

खेलाडीहरू अफलोड गरेर केही रकम जम्मा गर्ने बार्साको योजना छ भने तलब खर्च पनि कम गर्ने क्लबको प्राथमिकता छ। खेलाडीहरूको बिक्रीबाट जम्मा भएको रकमले अन्य स्टार साइन गर्ने बार्साको योजना हुने जानकारी छ जसमा अर्लिङ हलान्डलाई मुख्य प्राथमिकता हुन सक्ने छ।