बार्सिलोना आफ्नो स्टार विंगर ओस्माने डेम्बेलेको बेच्न तयार हुने खबर छ। उनलाई साइन गर्न म्यानचेस्टर युनाइटेड इच्छुक रहेको कुरा छ। युनाइटेडको नजर उनी माथि धेरै समय देखि रहेको छ र सो ट्रान्सफर यो सिजनको सुरु हुने अगाडी सफल हुन धेरै नजिक रहेको थियो।
.@FabrizioRomano on Ousmane Dembele:
“Barcelona know important clubs from the Premier League are looking at him. I’ll mention Juventus, Liverpool and Manchester United who were looking at him last summer and they’re always interested in this player.” #awlfc [here we go podcast]
— Anfield Watch (@AnfieldWatch) March 12, 2021
बार्सिलोनाले २०१७ मा फ्रान्सेली खेलाडीको लागि बोरुसिया डोर्टमन्डलाई £१२० मिलियन तिरेको थियो र हाल खबर अनुसार उनलाई बेच्न बार्सा तयार हुने छ।
युनाइटेडले भने उनलाई जेडन सान्चोको विकल्पको रूपमा लिने जानकारी छ। विंगरको खोजीमा रहेको युनाइटेड जेडन सान्चो साइन गर्न असफल हुँदै आएको छ र हाल क्लबको प्राथमिकता ओस्माने डेम्बेलेमा हुने देखा परेको छ।
म्यानचेस्टर युनाइटेडसँगै लिभरपुल, युभेन्टस र चेल्सीको पनि नजर उनी माथि रहेको छ।