बार्सिलोना आफ्नो स्टार फोवार्ड बेच्न तयार हुन सक्ने

BARCELONA, SPAIN - FEBRUARY 15: (L-R) Sergi Roberto of FC Barcelona, Antoine Griezmann of FC Barcelona, Ansu Fati of FC Barcelona, Lionel Messi of FC Barcelona celebrates goal 1-0 during the La Liga Santander match between FC Barcelona v Getafe at the Camp Nou on February 15, 2020 in Barcelona Spain (Photo by David S. Bustamante/Soccrates/Getty Images)

बार्सिलोना आफ्नो स्टार फ्रेन्च फोवार्ड एन्टोनी ग्रिजम्यानलाई बेच्न तयार हुन सक्ने खबर छ। एलेटिको म्याड्रिडबाट बार्सा आए पछि उनको प्रदर्शन सोचेको जस्तो हुन सकेको छैन। एल्चे विरुद्धको खेलमा उनले बेन्चबाट मैदान प्रवेश गरे भने सेभिल्ला विरुद्ध उनी बेन्चमा सीमित रहे।

हाल खबर अनुसार २०१८का विश्वकप विजेतालाई बार्साले अफ-लोड गर्ने योजना बनाएको छ। ग्रिजम्यान २ वर्ष अगि बार्सामा आएका थिए र उनी बार्सामा अनुकूल हुन सकेका छैनन्।

खबर अनुसार बार्साले उनको लागि £५१ मिलियनको माग गर्ने छ। हाल म्यान्चेस्टर युनाइटेड उनलाई साइन गर्न इच्छुक हुने चर्चा छ।

खबर अनुसार एन्टोनी ग्रिजम्यानलाई युनाइटेडले जेडन सान्चोको सट्टा साइन गर्ने योजना बनाउने छ। युनाइटेड धेरै समय देखि जेडन सान्चो साइन गर्न इच्छुक रहे पनि उनलाई भित्राउन असफल रहे पछि एन्टोनी ग्रिजम्यान नयाँ विकल्प हुन सक्ने खबर छ।