बार्सिलोना आफ्नो स्टार खेलाडीलाई बेच्न बाध्य हुन सक्ने

हाल ला लिगा क्लब बार्सिलोना निकै जटिल आर्थिक समस्यामा फसेको छ जसको कारण आफूले साइन गरेको खेलाडीहरू ला लिगामा रेजिस्टर गर्न बार्सा असफल रहेको छ भने आफ्नो सुपरस्टार मेस्सीलाई पनि बार्सा दर्ता गर्न असफल हुन सक्ने खबर छ।

बार्साले यो ट्रान्सफर विन्डोमा मेम्फिस डिपे, एरिक गार्सिया, सर्जियो अगुएरो, र इमरसन जस्ता खेलाडी साइन गरे पनि सो खेलाडीहरू दर्ता गर्न बार्सालाई गाह्रो भएको छ र यसको कारण भने बार्साको तलब खर्च ला लिगाको तलब सीमा पार गर्नु हो।

बार्साका खेलाडीहरू धेरै ठुलो तलबमा रहेका छन् र सो तलब खर्चले ला लिगाको तलब सीमा नियम पार गर्ने हुनले बार्सालाई नयाँ खेलाडीहरू दर्ता गर्नमा समस्या भएको छ। नयाँ खेलाडी दर्ता गर्न बार्साले आफ्नो ३ धेर तलब कमाउने खेलाडीको तलब ४० प्रतिशतले घटाउनु पर्ने खबर छ जुन धेरै गाह्रो हुन सक्ने छ भने अर्को समाधान बार्साले आफ्नो फ्रेन्च स्टार एन्टोनी ग्रिजम्यानलाई बेच्नु हुन सक्ने जानकारी छ।

हाल बार्सा आफ्नो तलब खर्च कम गर्न खेलाडीहरू बेच्ने क्रममा रहेको छ। कोनराड डे ला फुएन्टे, जीन-क्लेयर तोडिबो, फ्रान्सिस्को ट्रिनकाओलाई हाल समा बार्साले बेचेको छ भने जुनियर फिर्पोलाई बेच्न पनि नजिक रहेको जानकारी बेला बार्सा आफ्नो स्टार खेलाडी ग्रिजम्यानलाई पनि बेच्न बाध्य हुन सक्ने खबर छ। शमूएल उम्तिति, मिरालेम प्यानिच र कौटिन्होलाई पनि बेच्न बार्साको योजना रहेको छ।