बार्सिलोना आफ्नो दुई स्टार खेलाडी अफ-लोड गर्ने तयारीमा

बार्सिलोनाले आफ्नो दुई स्टार खेलाडी अफ-लोड गर्न खबर छ। बार्साले फिलिप काउटिन्हो र एन्टोनी ग्रिजम्यानलाई बेच्ने योजना बनाएको जानकारी छ। हाल क्लबमा खेलाडीहरू तलब खर्च निकै धेरै रहेको छ र अहिलेको अवस्थामा बार्सालाई केही आर्थिक समस्या पनि रहेको छ।

बार्साको हाल तलब खर्च मात्र £१ बिलियन पुग्न नजिक रहेको खबर छ र बार्सा आफ्नो खर्च कम गर्न चाहन्छ। आफ्नो तलब खर्चलाई केही राहत दिन बार्साले आफ्नो दुई स्टार खेलाडी बेच्ने खबर छ हाल बार्साको योजना फिलिप काउटिन्हो र एन्टोनी ग्रिजम्यानलाई बेच्ने रहेको जानकारी छ।

ग्रिजम्यानको खेल बार्सामा सोचेको जस्तो रहेको छैन भने उनी बार्सामा केही संघर्ष गर्दै छन् र फिलिप काउटिन्हो चोटको साथ संघर्ष गर्दै छन् र उनले धेरै खेल समय पाएका छैनन्।

काउटिन्होले बार्सामा १०० खेल पुरा गरे लिभरपुललाई थप रकम तिर्न पर्ने सम्झौता रहेको कारण पनि बार्साले उनलाई बेच्ने प्रयास गर्ने चर्चा।