बार्सिलोना अझै स्ट्राइकरको खोजिमा- चेल्सीका यी स्ट्राइकर साइन गर्न सक्ने।

चेल्सीका कोच फ्रयान्क लाम्पार्डले स्वीकार गरे कि उनीहरू यस हप्ता ओलिभिएर जिरुड बेच्नको लागि वार्तामा जान तयार छन्।

फ्रान्सका स्ट्राइकरको सम्झौता जुनमा समाप्त हुने छ, उनलाई सैन् गर्न इन्टर मिलान, बार्सिलोना र एस्टोन भिल्लाले चासो देखाको छ।

अपडेटको लागि सोध्दा, लाम्पार्डले भने: “अन्य क्लबहरूसँग सम्पर्कहरू छ, र जब यो सबै समाप्त हुन्छ, म तपाईंलाई जानकारी गराउँछु।

“तर त्यो अहिलेसम्म भएको छैन, र उनि अझै हाम्रो खेलाडी हुन्।”

इन्टर र बार्सा दुबै जिरुडको हस्ताक्षरका लागि प्रतिस्पर्धामा छन्।

बार्सिलोना धेरै समय देखि स्ट्राइकरको खोजिमा छ, लुइस सुआरेजको चोट पछि उनलाई प्रतिस्थापन गर्न बार्साले जिरुड साइन गर्न चासो देखाएको हो।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ