“बार्सिलोना अझै लिग जित्न सक्क्षम छ”

 

क्लेमेन्ट लेंगेलेतका अनुसार बार्सिलोना अझै पनी लिग जित्नेमा आशावादी रहेका छन। खराब सुरुवात गरेको बार्सिलोना शीर्ष स्थानसंगको अंक दुरि १२ पुगेको छ।

शनिबार साँझ क्याटालान टोलि अर्को पराजय बेहोर्दै अत्लेटिको म्याड्रिड बिरुद्धको खेल १-० गोल अन्तरले हारे। यधपी लिंगेलेत भने अझै आशावादी छन।

“हो, ला लिगा अझै पनी जित्न सकिन्छ,” उनले डायनामो किभको यात्रा तय गर्नु भन्दा अघि आफ्नो प्री-म्याच प्रेस सम्मेलनमा भने। “लिगमा धेरै खेलहरू खेल्नु पर्ने हुन्छ र धेरै अंकहरु जित्न सकिनेछ।

“यदि हामीले अब हाम्रो शिर झुकायौ भने, यो व्यावसायिक हुनेछैन र हाम्रो समर्थकहरुको सम्मानमा थेस पुग्ने छ। हामीले चीजहरू बदल्नु पर्छ।”

बार्सिलोना मेस्सी र दि यिङबिना युक्रेन प्रस्थान गर्दै छन। मेस्सी र दि योङलाई यो खेलमा आराम दिने प्रशिक्षक कुम्यानले जनाए।