बार्सिलोना अझै जित्न असफल

ला लिगा अन्तर्गत बार्सिलोना आल्भेजसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना आल्भेजसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको यस खेलमा बार्सिलोनाका मेम्फिस डिपेले खेलको ४९औं मिनेटमा गोल गरेका थिए । त्यसको तीन मिनेटपछि नै आल्भेजका लुइस रिओजाले बराबरी गोल गरेका थिए ।

यस सिजनमा लगातार खराब प्रदर्शनपछि गतसाता प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको बार्सिलोनाका लागि अन्तरिम प्रशिक्षक सेर्गी बार्जुअनको यो पहिलो खेल हो ।

यो बराबरीपछि बार्सिलोनाको ११ खेलमा १६ अंक भएको छ र लिगमा नवौं स्थानमा रहेको छ । त्यस्तै आल्भेजको ११ खेलमा १० अंक भएको छ र लिगमा १६औँ स्थानमा रहेको छ ।