बार्सिलोनासंग सम्झौता समाप्त भए पछि मेस्सीलाई दैनिक करोडौं घाटा

एजेन्सी, अर्गेन्टिनी स्टार लिओनेल मेस्सीको बार्सिलोनासंग सम्झौता जुलाइ १ देखि समाप्त भएको थियो। सम्झौता सक्के पछि मेस्सीलाई दैनिक १,००,००० युरो घाटा लागेको छ।

अर्जेन्टिनालाई कोपा अमेरिका दिलाएका मेस्सी हाल फ्रि-एजेन्ट भएका छन।

३४ वर्षिय मेस्सीले भविष्यबारे अहिलेनै निर्णय नलिने बताएका छन भने बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानलाई मेस्सीले क्लबसंग नया सम्झौता गर्नेमा बिश्वस्ट छन।

क्लबले मेस्सीलाई सम्झौताको लागि प्रस्ताव राखेको अवस्थामा उनले प्रस्तावलाई बेवास्था गरेका थिए। सो नतिजाको कारण उनलाइ १,००,००० युरो घाटा लागेको फ्रेन्च मिडिया एलएकुयुपले जनाएका छन।

अर्जेन्टिनीले क्लबबाट बार्षिक १३९ मिलियन युरो पारिश्रमिक लिएको बुझिएको छ। यद्यपि, उनले नया सम्झौता गरेको अवस्थामा ४०% पारिश्रमिक कटौती गर्नु पर्ने हुन्छ।

बार्सिलोनाको आर्थिक अवस्था नाजुक भएका कारण क्लबले कुटिन्हो, डेम्बेले जस्ता खेलाडीलाई बिक्रि गर्ने सोच बनाएको छ।