बार्सिलोनासँग नेयमारको पाँच वर्षको सम्झौता (स्पोर्ट)

नेयमारले बार्सिलोनासँग ५ बर्षको संम्झौता गरेकाे स्पेनीस मिडियाेले दावी गरेका छन ।

स्पोर्टको अनुसार पिएसजीका खेलाडी नेयमारले आफ्नो पूर्व क्लव बार्सिलोनासँग मौखीक रुपमा सो सम्झौता गरेको बताएको छ ।

२७ बर्षे नेइमारले आफुलाई अनुबन्धका लागि बार्सिलोनाले मोटो रकम तिर्न कन्चुस्याई गर्न सक्ने थाहा पाएपछि बार्सिलोनाको अफरलाई उनले साझै स्विकार गरेको सो पत्रिकाले जनाएको छ ।

तर बार्सिलोनामा अनुबन्ध भएपछि नेयमारले पीएसजीमा पाउदै आएको तलव भन्दा कम पाउनेछन । नेयमारले हाल एक सिजनमा ३६ दशमलव आठ मिलियन युरो पाउदै आएका छन । जुन रकम बार्सिलोनामा गएपछि २४ मिलियन युरोमा झर्नेछ ।

नेयमार २०१७ मा विश्वकीर्तिमानी रकम १९८ मिलियन पाउण्डमा बार्सिलाेनाबाट पीएसजीमा अनुबन्ध भएका थिए । तर पीएसजीमा जाँदा उनले टिमलाइ च्याम्पियन्स लिगमा कुनै सकारात्मक नतिजा दिन नसक्दा नेयमार अाफैले क्लव छाेड्ने बताएका थिए ।