बार्सिलोनाले €६० मिलियन मूल्य रहेको स्ट्राइकर साइन गर्न सक्ने

मार्काका अनुसार लुइस सुआरेजको दीर्घकालिक चोटपटकको कारण बार्सिलोनाले भ्यालेन्सियाका स्टार रोड्रिगो मोरेनो साइन गर्न खोज्ने छ।

मार्काले दावी गरे कि स्पेन अन्तर्राष्ट्रिय खेलाडी नयाँ कोच क्वेक सेटिनको खेल शैलीमा राम्रोसँग अनुकूलन हुन सक्ने छन् , रोड्रिगो विगत धेरै वर्षदेखि ला लिगामा खेल्दै छन्, र यो स्थानान्तरण बार्सिलोनालाई फलदायी हुने देखिन्छ।

तर भ्यालेन्सियाले उक्त स्ट्राइकरको मूल्य €६० मिलियन बताएको छ जुन बार्सिलोनाको लागि बाधा हुन सक्छ।

सिजनको बीचमा शीर्ष स्ट्राइकर साइन गर्न पक्कै पनि बार्सिलोनाको लागि गार्हो हुने छ, र बार्सिलोनाले ठुलो रकम खर्च गर्न पर्ने हुने छ।

रोड्रिगोको खेल शैली बार्सिलोनाको स्टार आक्रमणकारीहरू मेस्सी, ग्रिजम्यान र ओस्मान डेम्बेलेको साथमा उत्कृष्ट हुन सक्ने छ।

रोड्रिगोले यो सिजन २२ खेलमा ४ गोल मात्र गरेका छन् तर उनले १० अस्सिस्त गर्दै आफ्नो टिमलाई मदत गर्दै आएका छन्।

पक्कै पनि ठुलो रकम खर्च गर्न बार्सिलोनालाई गार्हो हुन सक्ने छ जब बार्सिलोनाले नेमार फेरी साइन गर्ने लक्ष्य राखेको छ।