बार्सिलोनाले €२० मिलियन मूल्य रहेको स्ट्राइकर साइन गर्न सक्ने।

बार्सिलोनाले ला लिगाका स्ट्राइकर मार्टिन ब्रेथवेटको लागि €२० मिलियनको रिलीज क्लज ट्रिगर गर्न सक्ने खबर छ।

मुन्डो डिपोर्टिभोका अनुसार डेम्बेलेको चोट पछि बार्सालाई आपतकालीन खेलाडी साइन गर्न अनुमति दिएको छ र बार्साले डेनमार्कका स्ट्राइकर मार्टिन ब्रेथवेट साइन गर्न सक्ने छन्।

क्याडेना कोपका अनुसार, बार्सिलोना उक्त स्ट्राइकरको लागि €२० मिलियन तिर्न इच्छुक छन्। २८ वर्षका स्ट्राइकर लेगनेसका खेलछन् र यो सिजन २७ खेलमा ८ गोल गर्न सफल भएका छन्।

लेगनेस हाल ला लिगा तालिकामा १९औं स्थानमा छन् र रेलिगेशनमा पर्ने ठुलो सम्भावना छ।

लुइस सुआरेज र डेम्बेले दुबै घाइते भएपछि बार्सिलोनालाई अझ आक्रमणकारी बलको आवश्यकता परेको छ।