बार्सिलोनाले १८ वर्षका युवा गोलकीपर साइन गर्न सक्ने

बार्सिलोनाले £४ मिलियन मूल्य राखेको युवा गोलकीपर कार्ल रुस्वार्थको लागि प्रस्ताव राख्ने खबर छ।

युवा खेलाडी हाल ब्राइटन होभ अल्बियनबाट लोनमा वर्थिंग एफसीको यु१८ टीममा खेल्दै छन्। रुस्वार्थले यस सिजनमा अहिलेसम्म छवटा खेल खेलेका छन्, दुई क्लिन शीत राख्दै।

मिररका अनुसार बार्सिलोनाका स्काउट्सले गोलकीपरको अवलोकन गरेका छन् र उनको लागि ४ मिलियनको प्रस्ताव राख्ने विचार गर्दै छन्।

१८ बर्षेका गोलकीपर बार्सा जाने हो भने उनि फुटबलको सबै भन्दा राम्रो एकेडेमी र क्लबमा हुने छन् र यो उनलाई थाहा छ, उनले कोपा डेल रे जस्तो कप खेलहरुमा केही खेल समय पाउन सक्ने छ बार्सामा ।