बार्सिलोनाले स्टार इटालियन गोलकिपर साइन गर्न सक्ने

एसी मिलानका स्टार गोलकिपर जियानलुजी डोनारुम्मालाई उनका एजेन्ट मिनो राइओलाले ला लिगा क्लब बार्सिलोनालाई प्रस्ताव गरेको खबर छ।

एसी मिलानका स्टार गोलकिपर जियानलुजी डोनारुम्माको क्लब सँग सम्झौता आउँदो जूनमा अन्त्य हुने छ र उनी फ्री एजेन्टको रूपमा क्लब छोड्न सक्ने छ र उनको स्थितिमा धेरै ठुलो क्लबहरूको नजर हुँदा उनका एजेन्टले बार्सा सँग सम्पर्क गरेको जानकारी छ।

मार्क-आंद्रे टेर स्टेगेनको यस हप्ता घुँडाको शल्यक्रिया हुने छ, उनको स्वास्थ्य लाभ हुन तीन महिना लाग्ने आशा गरिएको छ। बार्साले उनलाई बेच्न पनि सक्ने खबर हुँदा बार्सालाई नयाँ गोलकिपरको आवश्यक पर्ने छ।

यस्तो अवस्थामा , इटालियन युवा स्टार गोलकिपरलाई नि: शुल्कमा साइन गर्ने सम्भावना बार्साका अध्यक्ष जोन लापोर्टाको लागि आकर्षणको विकल्प हुने छ।

२२ वर्षका युवा स्टारको सम्झौता आउँदो जूनमा अन्त्य हुने छन् र अर्को सिजन नयाँ क्लबमा जान उनी स्वतन्त्र हुने छन्।

खबर अनुसार युभेन्टस, पिएसजी, चेल्सी र म्यानचेस्टर युनाइटेड जस्तो क्लबहरूको नजर उनी माथि रहेको छ। मिलान पनि उनी सँग सम्झौता विस्तार गर्ने प्रयासमा रहेको खबर छ। डोनारुम्माको माग वार्षिक €१० मिलियनको तलब रहेको छ। मिलानले उनलाई €७ .५ मिलियनको प्रस्ताव गर्दै आएका छन्।