बार्सिलोनाले सिरी एका डिफेन्डर साइन गर्न सक्ने

बार्सिलोनाले लेजियोका डिफेन्डर लुइज फिलिपे साइन गर्न सक्ने खबर छ।

क्यारीरी डेल्लो स्पोर्टका अनुसार उक्त डिफेन्डर क्याटालानहरूको ट्रान्सफर लक्ष्य रहेका छन्।

उनको क्लब संगको सम्झौता २०२२ मा समाप्त हुने छ र यो सिजन लाजियोको लागि उनि महत्वपूर्ण रहेका छन्।

२२ बर्षका खेलाडी एक उत्कृष्ट डिफेन्डरको रुपमा अगाडी एक छन्। केही बार्सा प्रतिनिधिहरुले उनको खेल प्रत्यक्ष देखेका छन्।

बार्सा माथिज डे लेग्ट चाहन्थे तर उनि युभेमा गए पछि बार्सा अझै डिफेन्डरको खोजी गर्दैछन्।

खबर अनुसार लुइज फिलिपे साइन गर्न बार्साको डिफेन्डरको खोजीको क्रममा मुख्य लक्ष्य हुने छन्।

उनको मूल्य €२० मिलियन सम्म हुन सक्ने खबर छ।