बार्सिलोनाले साइन गर्यो ब्राजिलियन युवा स्ट्राइकर

बार्सिलोनाले साओ पाउलोका युवा स्ट्राइकर गुस्ताभो माइयालाई साइन गरेको छ।

माइया अर्को सीजनको बार्सा बीमा सम्मिलित हुनेछन्।

माइयालाई ल्याउने सम्झौता जनवरीमा फाइनल भएको थियो र बार्साले उनको लागि €४.५ मिलियन खर्च गरेको छ भने साओ पाउलो भविष्यमा हुने उनको कुनै स्थानान्तरणबाट ३०% रकम पाउने छ।

कोरोना भाइरसको कारण युवा फारवार्डले चार महिनामा खेलेका छैनन् । माइयाले यु २० ब्राजिलियन लिगमा खेल्ने अपेक्षा गरेको थियो तर त्यो कहिले सुरु भएन। उनि व्यक्तिगत प्रशिक्षकको साथ आफ्नो फिटनेस कायम राख्न हप्तामा छ पटक तालिम गर्दै छन्।