बार्सिलोनाले साइन गर्यो ब्राजिलियन फुलब्याक

ब्राजिलियन डिफेन्डर इमर्सन रोयललाई बार्सिलोनाले साइन गरेको छ। बार्सिलोनाले हालै म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरो र स्पेनिस डिफेन्डर एरिक गार्सियालाई फ्रि एजेन्टको रुपमा साइन गरेको थियो भने हाल बार्साले इमर्सनलाई अनुबन्ध गरेको हो ।

बार्सिलोनाले राइट ब्याक इमर्सनलाई ला लिगा क्लब रियल बेटिसबाट £९ मिलियनमा साइन गरेको छ। सम्झौता अनुसार बार्सिलोनाले इमर्सनलाई कुनै पनि समय बेचेको अवस्थामा रियल बेटिसले २० प्रतिशत बोनस रकम प्राप्त गर्ने छ ।

२२ वर्षीय इमर्सन २०१९ जनवरीमा ब्राजिली क्लब एट्लेटिको मिनेइरोबाट बार्सिलोनामा नै आएका थिए भने बार्साले उनलाई दुई सिजन लोनमा बेटिसमा पठाएको थियो र हाल बार्साले उनलाई पूर्ण रुपमा क्लबमा फर्काएका छन् ।

रियल बेटिसमा उनको राम्रो प्रदर्शन रहेको थियो- इमर्सनले रियल बेटिसमा ७९ खेलमा ५ गोल गर्दा १० असिस्ट गरेका छन्।