बार्सिलोनाले शिर्ष स्थानमा उक्लिने मौका गुमाए

एजेन्सी, स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार टिम बार्सिलोना बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना लेभान्टेसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।

लेभान्टेको मैदानमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकिएको हो ।

खेलको २५ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

३४ औं मिनेटमा पेड्रीले गोल गर्दा बार्सिलोनाको अग्रता २-० को बन्यो ।

खलेको ५७ औं मिनेटमा गोन्जालो मेलेरोले गोल गर्दै लेभान्टेलाई २-१ को स्थितिमा ल्याए ।

खेलको ५९ औं मिनेटमा जोसे लुइसले गोल गर्दै लेभान्टेलाई २-२ को बराबरीमा ल्याए ।

६४ औं मिनेटमा ओसुमाने डेम्बेलेले गोल गरेपछि बार्सिलोना ३-२ ले अघि रह्यो ।

तर, ८३ औं मिनेटमा लेभान्टेका सेर्जियो लिओनले गोल गरेपछि खेल ३-३ गोलको बराबरीमा सकियो ।

यस बराबरीसँगै बार्सिलोनाको उपाधि होडमा धक्का लागेको छ ।

बार्सिलोना शीर्ष स्थानमा उक्लन समेत असफल भएको छ ।