बार्सिलोनाले लोनमा आर्सेनलका स्टार स्ट्राइकर साइन गर्ने

बार्सिलोनाका कोच क्वेक सेटिनले स्वीकार गरे कि क्लबले बजारमा यस महिना स्ट्राइकर साइन गर्न खोज्ने छ।

सेटिनले पुष्टि गरे कि क्लबले यस महिनामा स्ट्राइकर साइन गर्ने छ, लुइस सुआरेजको चोट पछि क्लबले स्ट्राइकर खोजि अझै तीव्र गरेको छ।

बार्साले यस जनवरी विन्डो अन्त्य हुनुभन्दा अगाडि एक स्ट्राइकर साइन गर्ने अपेक्षा गरिएको छ र आर्सेनलको पिएरे–एमरिक औबामेयाङलाई आफ्नो प्राथमिक लक्ष्यको रूपमा पहिचान गरेको छ।

खबर छ कि बार्सिलोनाले आर्सेनलका स्टार स्ट्राइकर औबामेयाङलाई लोनमा साइन गर्ने छलफल गर्दै छ।

“हामी यस मुद्दामा विचार गर्दैछौं तर हामीले अझ थोरै चीज निश्चित गर्नुपर्नेछ, यो धेरै चिन्ता गर्ने विषय होइन,” सेटिनले भने।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ