बार्सिलोनाले लियोनका स्टार फोवार्ड भित्राउने

बार्सा र लियोन बीच स्टार फोवार्डको स्थानान्तरणको सम्झौतामा सहमति भएको छ। होल्यान्डका स्टार फोवार्ड मेम्फिस डिपाएको लागि बार्साले €२५ मिलियन र बोनसहरु तिर्ने प्रस्ताव लियोनले स्वीकार गरेको स्काईपोर्ट्सका रिपोर्टर फब्रीजियो रोमानोले बताएका छन्।

पछिल्लो अपडेट:- लियोन र बार्सा बीचको वार्ता असफल भए पछि बार्सा मेम्फिस डिपाए साइन गर्न असफल भएको छ। 

बार्साले डेम्बेले बेच्न असफल भए पछि डिपाए साइन गर्न रकम स .्कलन गर्न असफल भए पछि उक्त चाल असफल भएको छ।

पुरानो खबर :-

खबर अनुसार खेलाडी र बार्सा बीच व्यक्तिगत सम्झौता २० दिन अघि नै भएको थियो भने दुई क्लब बीच सम्झौता हाल मात्र भएको हो।

उनले क्लब संग ५ वर्षको सम्झौतामा गर्ने कुरा छ। सो खेलाडीको बारेमा बार्साले आधिकारिक रुपमा घोषणा गरेको छैन र अब उनले वर्ष संग मेडिकल गर्ने छन् र सो पछि बार्साले उनको बारे फ्यानहरुलाई घोषणा गर्ने कुरा छ।

गत सिजन च्याम्पियन्स लिगमा लियोनको लागि मेम्फिस डिपाएले निकै उत्कृष्ट प्रदर्शन गरे। बार्साका डच कोच उनको प्रशंसक हुन् र आफु बार्सामा आए देखि उनलाई क्लबमा भित्राउने कोम्यानको प्रयास रहेको थियो।