बार्सिलोनाले लिभरपूललाई अतिरिक्त £१८ मिलियन तिर्न पर्न सक्ने

लिभरपूलले चाँडैनै बार्सिलोनाबाट अर्को भुक्तानी प्राप्त गर्न सक्नेछन। दुई क्लब बीच फिलिप काउटिन्होको सम्झौतामा एउटा खण्ड सम्मिलित रहेको छ जुन अनुसार काउटिन्होले बार्सामा १० खेल पुरा गरे बार्साले लिभरपूललाई £१८ मिलियन तिर्न पर्ने हुने छ ।

२०१८मा £१४२ मिलियनमा बार्सा आएका काउटिन्होले हाल क्लबको लागि ९० खेल खेलेका छन् र अब १० खेल पछि बार्सिलोनाले लिभरपूल अतिरिक्त £१८ मिलियन तिर्न पर्न छ।

खबर अनुसार बार्सा उनलाई आउँदो जनवरीको विन्डोमा अफलोड गर्न चाहन्छन् र उनको १०० खेल पुग्न अगाडी उनलाई बेच्ने बार्साको योजना रहेको छ। बार्सा उनलाई f £४५ मिलियनको मूल्यमा बेच्न तयार हुने खबर पनि छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ