बार्सिलोनाले रियल बेटिससँग माग्यो माफी, येस्तो छ कारण

ला लिगाको नयाँ सिजनमा दोस्रो खेलमा आएर पहिलो जित निकालेपछि गरेको ट्वीटका लागि बार्सिलोनाले माफी माग्नु परेको छ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५-२ ले पराजित गरेको थियो। जितपछि बार्सिलोनाले जुनिएर फिर्पोको हात उठाएर अभिवाद गरेको तस्बिर पोस्ट गरेको थियो। बार्सिलोनाले ‘जुनियर नोज’ क्याप्सन लेखेर ट्वीट गरेर रियल बेटिसको बेज्जत र अपमान गरेका थिए।

गत लिग विजेता बार्सिलोनाले उनलाई अगस्टमा रियल बेटिसबाट अनुबन्धित गरेका थिए। बार्सिलोनाले माफी माग्दै लेखे, ‘कसैलाई अपमान गर्ने मनसाय राखिएको होइन तर जुनियरका लागि निकै महत्वपूर्ण रहेको दिनमा यो पोस्ट गर्नु गलत भएको बताए। यसबाट रियल बेटिसले भोग्नु परेको अपमानप्रति माफी चाहन्छु।’

फिर्पोले सो खेलमा बार्सिलोना टिमबाट डेब्यु गरेका थिए। उनले रियल बेटिसबाट गएको सिजन २९ खेल खेले र यु-२१ युरोपियन च्याम्पियनसिप जिताउँन स्पेनिस टिममा ठुलो भुमिका खेलेका थिए ।