‘बार्सिलोनाले राम्रो खेलेको छैन’

अर्नेस्टो भाल्भर्डेलाई थाहा छ कि बार्सिलोनाको प्रदशन जारी सिजन सोचे जस्तो खासै राम्रो रहन सकेको छैन।

तर क्याटालानका प्रशिक्षकले उत्कृष्ट नखेलेता पनि जितको महत्वो बुझेको छ।

“सकारात्मक कुरा के हो भने हामीले हार्ने स्थितिबाट जित्यौं,” उनले लेगनेसमा २-१ को जीत पछि भने।

“मलाई थाहा छ कि हामीले शानदार खेलेनौ, तर यी खेलहरू जित्नु पर्छ।”

बार्सिलोना बुटार्कमा कठिन परिस्थितिमा खेलेको थियो र भल्भर्डेलाई मौसमले साथ नदेको जिकिर गर्दै भने “यो जटिल थियो,।

“मैदान र खराब मौसमको कारण गाह्रो भयो।

“हावा हुरी चलिरहेको थियो, पिच राम्रो थिएन र उनीहरूले हामीलाई कठिन बनायो।”