कोरोना भाइरस संक्रमण महामारीविरुद्ध लड्न सहयोग गर्नका लागि बार्सिलोनाले आफ्नो घरेलु मैदान नु क्याम्पको नाम अर्को सिजनका लागि बेच्ने भएको छ ।
कुल ९९ हजार दर्शक क्षमताको रंगशालाको नाम एक वर्षका लागि बिक्री गरेर आएको रकम कोभिड–१९ प्रकोपविरुद्धको अनुसन्धानमा हुने कार्यक्रमलाई प्रदान गरिनेछ ।
त्यसअनुसार अब बार्सिलोनाले आफ्नो घरेलु मैदान नु क्याम्प अगाडि प्रायोजकको नाम पनि राख्नेछ । क्लब इतिहासमा बार्सिलोनाले नु क्याम्पको नाम बेच्न लागेको यो पहिलो पल्ट हो ।
यसअघि बार्सिलोनाले आफ्नो जर्सिमा युनिसेफको लोगो नि:शुल्क लगाएको थियो । नु क्याम्पको नाम विक्रीको लागि अर्को सातादेखि प्रायोजक खोज्न काम सुरु हुनेछ ।
@Kantipur