बार्सिलोनाले यी ४ खेलाडी बिक्रि गर्ने

एजेन्सी, बार्सिलोनाको चुनौती खेलाडिलाइ बिक्रि गर्नु रहेको छ । ट्रान्सफर विन्डो समापनको संघारमा रहेको अवस्थामा बार्सिलोनाले पहिलो श्रेणीको खेलाडिलाइ बिक्रि गर्न सकिरहेको छैन ।

क्लबले बिशेष गरी स्यामुयल उम्टिटी, मिरालम पियानिक, फिलिपे कुटिन्हो र मार्टिन ब्रेथ्वेट बिक्रि गर्न चाहेको हो ।

मिरालम पियानिक युभेन्टससंग केही हप्ता अघि नाम जोडे पनि टुरिन क्लबले म्यानुयल लोकाटेलीलाई भित्र्याउन पक्का भएको छ ।

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले पियानिकलाई आफ्नो टोलिमा समाबेश नगर्ने जनाइ सकेको छ ।

अर्को खेलाडी बार्सिलोनालाई टाउको दुखाइ फ्रेन्च डिफेन्डर उम्टिटि रहेको छ । गत जुलाइमा पियानिक र उम्टिटिले क्लबसंग सम्झौता नविकरण नगर्ने बताइसकेको छ । उनको मोटो पारिश्रम र प्रशिक्षकको रणनीतिमा नपरे पछि क्लबले बिक्रि गर्न चाहेको हो ।

कुटिन्होको अवस्था क्लबमा जटिल रहेको छ । ब्राजिलियन क्लबमा अधिकांश समय चोटका कारण मैदान बहिर रहे । उनले चोटकै कारण प्रि-सिजन गुमाए ।

उनलाइ कुनै क्लबले भित्र्याउन इच्छा देखाएको छैन । आर्सनलसंग नाम जोडे पनि बार्सिलोनाले कुनै सत्यता नरहेको जनाएको छ ।

त्येस्तै, क्लबले स्ट्राइकर ब्रेथ्वेटलाइ पनि बिक्रिमा राखेको छ । रियल सोसियाड्याडविरुद्ध दुई गोल गरेका डेनिस स्ट्राइकर प्रशिक्षक कोम्यानको पहिलो रोजाइमा पर्न असफल रहेको छ ।