बार्सिलोनाले यति थोरै रकममा फिलिप काउटिन्होलाई बेच्ने

फिलिप काउटिन्हो यस गर्मीमा उत्तर लन्डन क्लब जान सक्ने खबर छ, र बार्सिलोना मिडफील्डर स्पर्स भन्दा अर्सेनलमा जाने सम्भावना बढी रहेको कुरा छ।

मिडफिल्डर जनवरी २०१८मा ला लिगामा आफ्नो सपनाको क्लबमा पुगे तर उनले बार्सामा आफुले सोचेको जस्तो समय पाएनन्।

उनले बार्सामा धेरै खेल समय पाएनन् र बायर्न म्युनिखमा लोनमा गएका थिए र हाल खबर अनुसार उनि फेरी प्रिमियर लिगमा फर्किने छन्।

र खबर छ कि आर्सनललाई बार्साले काउटिन्हो £९ मिलियनमै बेच्ने छन् र आर्सनलले बार्सालाई आफ्नो युवा मिडफिल्डर ग्वेन्डोजी पनि दिने छन्।

२८ वर्षका काउटिन्हो बार्सा छोड्न तयार रहेको पनि कुरा छ भने बार्सा आर्सनलका २१ वर्षका मिडफिल्डर ग्वेन्डोजी भित्राउन तयार छन्।

बार्साले काउटिन्होलाई €१६० मिलियनमा साइन गरेको थियो भने बार्सामा उनले अपेक्षित अनुसार खेल्न सकेका छैनन्।