‘बार्सिलोनाले मेस्सीलाइ नराम्रो संगतबाट टाढा राख्न रोनाल्डिन्हो र डेकोलाइ बेचेको थियो’

रोनाल्डिन्हो र डेको रक्सी खाएर प्रशिक्षणमा आउने गरे पछि बार्सिलोनाले उनलाई बेचेको कुरा खुलेको छ। पुर्वे आर्सनल स्टार अलेक्जेंडर हलबले एक अन्तर्वार्तामा सनसनीपूर्ण कुराको दाबी गरेका छन्। रोनाल्डिन्हो र डेकोको नराम्रो बानीले मेस्सीलाइ असर पर्ने सक्ने डर बार्सिलोनाले उक्त दुइ खेलाडीलाइ बेचेको भनेर पुर्व आर्सनल मिडफिल्डरले दाबी गरेका छन्।


उनले भोक टिभीलाइ भने “रोनाल्डिन्हो र डेको रक्सी खाएर प्रशिक्षणमा आउने गर्थे , तेही भएर दुवै खेलाडीलाइ बार्सिलोनाले २००८मा बेचे”

“ति खेलाडीहरुले मेस्सीलाइ असर गर्न सक्ने भनेर बार्सिलोना धेरै चिंतामा रहेको थियो”

त्यो समय मेस्सी केवल २१ वर्षका थिए र उनि धेरै प्रसिद्ध थिएन् तर उनि एक उत्कृष्ट खेलाडी बन्न सक्ने संकेत थियो।